काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा बलियो टिम जोर्डनले ३–० ले पराजित भएको हो।

मंगरबार राती भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। नेपाली डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनले पहिलो हाफ गोल रहति बराबरीमा सकिएको हो।

जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक– एक गोल गरे। नेपालले पहिलो गोल पेनाल्टी मार्फत खाएको थियो।

नेपाली खेलाडी डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई लडाएपछि प्राप्त अवसरलाई फेरासले ५६ औं मिनेटमा गोल परिणत गरेका थिए। त्यस्तै खेलको अन्तिम ५ मिनेटमा नेपालले थप दुई गोल खाएको थियो। जोर्डनले ८७ औं र ८८ औं थप गोल गरेको हो।

समुह ‘बि’ अन्तर्गतको विश्वकप छनोटको चौथो खेलमा नेपालको यो तेस्रो हार हो। नेपालले ताइनिज ताइपेईसंगमा मात्रै जित हाँसिल गरेको छ। नेपाल तीन अंक सहित समूहको चौंथो स्थानमा छ।

यता जोर्डन भने ७ अंक सहित दोस्रो स्थानमा रहेको छ।  पहिलो स्थानमा भने ३ खेलमा ९ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा रहेको छ। त्यस्तै कुवेत तेस्रो र चाइनिज ताइपेई अन्तिम तालिकाको स्थानमा रहेको छ।