काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि थप थरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेसम्म लकडाउन र १८ गतेसम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको हो।

चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको सरकारले तेस्रो पटक अवधि थप गरेको हो। दोस्रो पटक बैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो। यो अवधि सकिन लाग्दासम्म नेपालमा १६ जना कोरोना संक्रमित विरामी भेटिइसकेका छन्।

आजमात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि भएको छ। छिमेकी देश भारतले पनि आज मात्र लकडाउनको अवधि थप गरेको छ।