पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए ।

बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहत व्यवस्थापन गर्न र कास्कीमा कोरोना परीक्षणको दायरा बढाउन माग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।

बैठकमा कोरोनापछि आमनागरिकमा परेको प्रभावसँगै जनप्रतिनिधि र पार्टीले निर्वाह गर्नुपर्ने भूमिका विषयमा छलफल भएको थियो ।