काठमाडौँ, १७ जेठ । हेटौँडामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकी गर्भवती महिलाले कोरोना जितेकी छन् ।

गत वुधबार कोरोना पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

भरतपुर अस्पतालका अनुसार उनमा कोरोना देखिएको ४ दिनपछि नेगेटिभ रिपोर्ट आएको हो । उनको जेठ १४ गते कोरोना पुष्टि भएपछि भरतपुर अस्पताल पठाइएको थियो । रोग प्रतिरोधात्मक शक्ति राम्रो भएकाले उनी ४ दिनमै निको भएको अस्पतालले जनाएको छ ।

उनको आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।