विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (१७ जेठ २०७७) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६, जना युएई मा १९ जना, अमेरिकामा १७ जना, साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्र्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना, र स्वीडेनमा १ जना नेपालीहरुको मृत्यु भएको छ ।

यसैबीच विश्वभर १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।