काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् ।

सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालको संविधानका विभिन्न २३ वटा धारा संसोधनको माग गर्दै संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् ।

उनीहरुले संविधानमा रहेका नागरिकता, भाषाका विषय लगायतमा संसोधन प्रस्ताव गरेका हुन् ।