पोखरा- कोरोना भाईरस रोकथाम तथा नियन्त्रण बारे जनचेतना फैलाउनका लागि बिवेकशिल यूवा क्लबले चेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
समुदायस्तरमा कोरोनाको महामारी फैलदै गएपछि मास्क, ग्लोब्स र सेनिटाईजरको अनिवार्य प्रयोग बारे आम नागरिकलाई सूुसुचित गराउनुका साथै उक्त सामाग्री समेत बितरण गरिएको हो ।
क्लब अध्यक्ष सन्जय जैसीले सो कार्यक्रममा सडकमा मास्क नलगाई हिडेका पैदलयात्री सवारी चालक लगायतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनुका साथै यस यस्ता कार्यक्रमले आफ्नो समुदायलाई कोरोनाबाट सूरक्षित राख्न सहयोग पुग्ने जनाउनुभयो ।
प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य बैकुण्ठ भण्डारीले कोरोना नियन्त्रणका लागि सरकारले मात्र कार्य गरेर सम्भव नभएकाले प्रत्येक समुदाय जाग्नुपर्ने र क्लबले गरेको कार्यक्रम प्रशंसनिय भएको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं क्लबका सल्लाहकार बिमला भण्डारीले कोरोना परिक्षणमा आम सर्बसाधारणको सहज पहँुच हुनुपर्ने र कोरोना लागेकालाई समुदायले हेयभावको दृष्टिकोणबाट हेर्न नहुनेमा जोड दिनुभयो ।


घारीकुलो टोल बिकास संस्थाका पूर्व अध्यक्ष एव वडा नं १७ का खानेपानी व्यबस्थापन समितिका संयोजक कृष्ण पौडेलले यो जटिल अबस्थामा सबै एकजुट भएर लाग्नुपर्नै र सबैले आफ्नो कर्तब्य निर्वाह गनुृपनृैमा जोड दिनुभयो ।


उक्त कार्यक्रममा बिरुवा टोल बिकास संस्थाका अध्यक्ष खम बहादुर केसीले पोखरा १७ भित्र रहेका सबै टोल बिकास संस्थाले यस्ता खालका कार्यक्रम संचालन गर्नुपर्नै र सबै क्लबहरु एकजुट भएर कोरोना रोकथाममा लाग्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा हरिबन्धु अर्याल, रिसिराम बराल, शालीकराम भण्डारी, पदम केसी, भिम क्षेत्री, शंकर भट्टराई, मोहन प्रसाद ढकाल,कृष्ण काप्ले, लक्ष्मण जिसी लगायतले यो कार्यक्रम निकै सान्र्दभिक रहेको जनाउनुभएको थियो ।
क्लबका सचिव गोगेनसन दर्जीले क्लबले दुईसय भन्दा बढि व्यक्तिलाई स्वास्थ्य सामाग्री बितरण गरेको जानकारी दिनुभयो ।