भारतको बैंगलौरमा एक किशोरीले आफ्ना तीन साथीसँग मिलेर आफ्नैं पिताको हत्या गरेका छन्।

४६ वर्षका पिताले दुई वर्षयता बलात्कार गरेपछि उनले साथीसँग मिलेर पिताको हत्या गरेको प्रहरीसँग बयान दिएका छन्।

बीबीसीहिन्दीका अनुसार १७ वर्षकी किशोरी र उनका तीन किशोरी साथीलाई हाल गिरफ्तार गरिएको छ।

पिताले बलात्कार गर्ने गरेको विषय किशोरीले आफ्ना एक साथीलाई सुनाएपछि उनीहरुले हत्या गर्ने योजना बनाएका थिए।

हाल यो विषयमा थप अनुसन्धान भइरहेको छ। बीबीसीहिन्दी