लक्ष्मी बैङ्कले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्सटेन्सन काउण्टर जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
यस नयाँ एक्सटेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैङ्कको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्सटेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।
यो एक्सटेन्सन काउण्टरको विस्तार सँगै बैङ्कले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








