आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरिएको छ ।

भाग्यशाली विजेतालाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनोट गरेका थिए ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत १ लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा अर्थात् १२ लाख ५२ हजार प्राप्त गरेका हुन् ।