१५ मंसिर, काठमाडौं । सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ ।

पोखरा महानगरपालिका २० मौजाबिसौनामा चारजना मजदुर पुरिएका हुन ।

भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पहिरोमा पुरिएका भनिएका एक जनाको खोजी भइरहेको छ ।