पोखरामा छठ : पहाडिया पनि छठ पर्व मनाउँदै

तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वमा पछिल्लो समयमा पहाडि मुलका व्यत्तिहरु पनि सहभागि भइ मनाउन थालेका छन्। पोखरामा मुख्य ३ ठाउँमा यस बर्ष छठ पर्व मनाइरहदा तराई मुलका नेपाली दाजुभाई दिदीबहिनी सँगै बसेर पहाडि मुलका केही व्यत्तिहरुले छठ पर्व मनाए।

पोखरा राष्ट्रबैंक चोक निवासी गंगा कुमारी कुंवर (थापा) तराई मुलका व्यत्तिहरुसंगै बसेर यस बर्षको छठ पर्व मनाउन लागेकी छन्। मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका आधारमा आफ्ना साथीहरुसँग छठ पुजा गर्न लागेको कुंवरले बताइन्। लेकसाइडकी शान्ति कुंवरले विगत ४ बर्ष देखि सुर्यको पुजा आराधाना गर्न छठ पर्वमा पुजा गर्न थालेको बताइन्। धार्मिक सहिष्णुता कायम गर्नपनि आफुहरु सुर्य भगवानको पुजा हुने यस पर्वमा सहभागि भइ आरधाना गर्न लागेको उनीहरुले बताए ।