१६ पुस, काठमाडौं । राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले वर्तमान सरकारले नागरिकको मौलिक हक अधिकार कुण्ठित प्रयास गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा ‘नेपाल विशेष सेवा विद्येयक २०७६’ माथि छलफल गर्नेक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नागरिकको मौलिक हकलाई खेलाँची नसोच्‍न सरकारलाई आग्रह गरे।

अधिकारीले सरकारले नागरिकलाई भन्दा विभिन्‍न एजेन्सीहरुलाई विश्वास गर्न विशेष सेवा विद्येयक ल्याएको आरोप लगाए।

विशेष सेवा विधेयक प्रधानमन्त्री केपी आलीको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका थिए।