२७ पुस, जाजरकोट । जाजरकोटमा एक प्रहरी हवल्दारले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय डल्लीमा कार्यरत भोजबहादुर कठायतले आइतबार बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।