८ मंसिर, पोखरा ।  पोखरामा ‘राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल’को सातौ महाधिवेशन चलिरहेको छ ।

लोक तथा दोहोरी प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदै छ । त्यसैको लागि अहिले पोखरा चुनावमय भएको छ ।

दोहोरि गित प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट १० पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल निर्वाचित भएका छन ।

त्यसैगरी महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित भएका छन ।

पोखरामा जारि महाधिवेशनमा अध्यक्ष सहितका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि आज मतदान हुन लागेको छ ।

कलाकारहरु आफूले रुचाएको उम्मेदवारलार्य भोट माग्न व्यस्त छन् । आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।