१६ मंसिर, विराटनगर । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।

सिद्धबाबामाथि आफ्नै अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।