१८ मंसिर, काठमाडौं । मंगलबार स्थिर रहेको सुनको भाउ आज बुधबार तोलाको ८ सय रुपैँयाले बढेको छ ।

मंगलबार छापावाला सुनको ७१ हजार ४ सय रुपैँयामा कारोबार भएकोमा आज ८ सय रुपैँयाले बढेर तोलाको ७२ हजार २ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि मंगलबारको बजारमा तेजावी सुन ७१ हजार १ सय मूल्यमा कारोबार भएकोमा आज ८ सय रुपैँयाले बढेर तोलाको ७१ हजार ९ सय मूल्यमा कारोबार भइरहेको छ ।