१८ मंसिर, धरान । धरान उपमहानगरका नवनिर्वाचित मेयर तिलक राईले दिवंगत मेयर तारा सुब्बाको सालिकमा माल्यार्पण गरेका छन्।

उपमहानगरमा कार्यभार सम्हाल्नुअघि बुधबार मेयर राईले धरान वडा नम्बर १९ मा हरियाली सामुदायिक वन समूह परिसरभित्र पुगेर स्वर्गीय मेयर सुब्बाको सालिकमा माल्यार्पण गरेका हुन्।

मेयर राईले धरान वडा नम्बर १६ मा पुगेर गणेशमान सिंहको सालिकमा पनि माल्यार्पण गरेका थिए। माल्यार्पणलगत्तै राई उपमहानगरपालिका कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्। उनलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए।