२५ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा भ्रष्टाचार गरेको आरोप लगाउँदै खेलकुद परिषदका सदस्य सचिव एवंम् खेलकुदमन्त्रीलाई बर्खास्त गर्न तरुण दलले माग गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै छानविन गर्न माग गरेको हो।