३०  मंसिर, काठमाडौं । वर्षा र हिमपातपछि काठमाडौंसहित देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले देशभरको तापक्रम घटेको छ ।

सोमबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । तापक्रम घटेकाले काठमाडौंमा बिहान चिसो महसुस भएको छ ।

विभागका अनुसार, सोमबार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ ।

बुधबारबाट भने विद्यमान मौसमी प्रणालीमा सुधार आउने विभागको भनाइ छ ।

आगामि २४ घण्टाको माैसन आंकलन यस्ताे छ

पश्चिम तराईः सामान्य हुस्सु/कुहिरो लागेको छ र अपरान्ह सम्म हट्नेछ।

मध्य तराईः सामान्य हुस्सु/कुहिरो लागेको छ र अपरान्ह सम्म हट्नेछ।

पूर्व तराईःबाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्नेछ।।