नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा नबिन बराल निर्वाचित भएका छन्। पोखरामा मंगलबार सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार बरालले १४९ मत ल्याएर जित हासिल गरे।
प्रतिस्पर्धी सुभाष सिग्देलले १४२ मत पाए। यस्तै देवराज आचार्यले १३१ मत ल्याउँदा देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरे।
कूल ५५४ जना प्रतिनिधि रहेको यस क्षेत्रीय निर्वाचनमा ५४० मत खसेको थियो।
क्षेत्रीय समितिका साथै प्रदेश सभा क्षेत्रतर्फको नेतृत्वको निर्णय पनि मतपरिणामबाट भएको छ। कास्की २ क को सभापतिमा भोजराज आचार्य विजयी बने। आचार्यले १३२ मत ल्याएर जित दर्ता गर्दा उनका प्रतिस्पर्धी अर्जुन पोख्रेलले १२३ मत ल्याए। यस प्रदेश सभा क्षेत्रमा कूल २५६ मत खसेको थियो।
यसैगरी कास्की २ ख को सभापति पदमा अमृत शर्मा तिमिल्सिना १४८ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी दीपेन्द्र मर्सानीले १०० मत र सुबर्ण केसीले ३३ मत प्राप्त गरे। यो क्षेत्रमा कूल २८४ मत खसेको थियो।














