सडकमै खाऊ, सडकमै रमाऊ’ भन्ने नाराका साथ यसपालि पनि पोखरामा पुस १५ गतेदेखि सडक महोत्सव हुने भएको छ ।

पोखरा – ६ लेकसाइडको ३ किलोमिटर सडक क्षेत्रमा पौष १५ गतेदेखि १७ गतेसम्म तीन दिन २३ औँ संस्करणको पोखरा सडक महोत्सव आयोजना हुने भएको हो ।

नयाँ कोरोना भेरियन्ट ओमिक्रोनले विश्व जगतमा नै त्रास फैलिएको भए पनि हेल्थ प्रोटोकललाई ध्यानमा राख्दै पोखरा खुलै छ भन्ने सूचना प्रवाह गर्नका लागि महोत्सव आयोजना गर्न लागेको आयोजक संस्था रेवान पोखराले जनाएको छ ।

 

आयोजक संस्था रेवानका महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, ह्विलचियर दौड, वेटर रेस जस्ता गतिविधिहरू सञ्चालन हुनेछन् ।

महोत्सव अवलोकनमा आउनेहरूको सहजताका लागि रात्रिकालीन बस सेवाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराई को संयोजकत्वमा सचिव भीष्मराज पौडेल र सह कोषाध्यक्ष रोशन जङ्ग कार्की सहसंयोजक रहने गरी विभिन्न उपसमितिहरू गठन गरिएको छ ।