पोखरा । प्रेस चौतारी नेपाल आगामी माघ २२ र २३ गते पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । गत साता लुम्बिनी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।

पोखरामा शनिबार महाधिवेन मूल व्यवस्थापन कमिटिको बैठक बसेर तयारी थालेको हो । मूल संयोजक गणेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न १७ उपसमिति पनि गठन गरेको छ ।

कास्की शाखाका संस्थापक अध्यक्ष पूण्य पौडेलको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति, शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधव बरालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै, प्रचारप्रसार उपसमितिको नेतृत्व चौतारी कास्कीका सचिव रञ्जन अधिकारीलाई दिइएको छ । मञ्च व्यवस्थापन उपसमितितर्फ केन्द्रीय सदस्य रामजीप्रसाद लम्साल, अतिथि सत्कार उपसमितिमा केन्द्रीय सदस्य सुष्मा पौडेल, जनसंगठन समन्वय उपसमिति संयोजकमा श्याम कुँवरलाई चयन गरिएको छ ।

यसैगरी, सांस्कृतिक उपसमितिको जिम्मेवारी केन्द्रीय सदस्य रुद्र श्रीष मगरलाई, स्वास्थ्य उपसमितिको नेतृत्व केन्द्रीय सदस्य जमुना वर्षा शर्मालाई, यातायात व्यवस्थापन उपसमितिको संयोजक केन्द्रीय सदस्य कञ्चन थापालाई बनाइएको छ ।

दृश्यावलोकन व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य हरि बाँस्तोला, प्रभातफेरि व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य खेम सारु मगर, स्वागतद्वार निर्माण उपसमिति संयोजकमा केन्द्रीय सदस्य आरजु बिष्ट सल्यानी, बुलेटिन प्रकाशन उपसमिति संयोजकमा संयोजक केन्द्रीय सदस्य स्मीता अधिकारीलाई जिम्मा दिइएको छ ।

सबै पत्रकारको अगुवा संगठन चौतारीको महाधिवेशन पार्टीको लागि महत्वपूर्णः ईञ्चार्ज गुरुङ

आकस्मिक समन्वय उपसमितिको संयोजकमा कास्की शाखाका सहसचिव ईश्वर देवकोटा र अनुगमन उपसमितिको संयोजकमा अग्रज पत्रकार बद्री बिनोद प्रतीकलाई चयन गरिएको छ ।

यस्तै, कास्की शाखाका सल्लाहकार एवं केन्द्रीय लेखा आयोगका सचिव केशव पाठकको नेतृत्वमा सचिवालय गठन गरिएको छ । सचिवालयमा अध्यक्ष अर्जुन गिरी, सचिव रञ्जन अधिकारी सदस्य छन् । उपसमितिका संयोजकले एक हप्ताभित्रमा समितिलाई पूर्णता दिई कार्ययोजना प्रस्तुत गर्नेछन् ।

नेकपा ९एमाले० का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रेस चौतारी सबै पत्रकारको अगुवा संगठन भएकाले पार्टीको लागि चौतारीको महाधिवेशन महत्वपूर्ण विषय रहेको बताएका छन् ।

महाधिवेशन तयारीको सन्दर्भमा आयोजित कास्की जिल्ला भेलामा बोल्दै केन्द्रीय प्रचार विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहेका गुरुङले चौतारीको यो महाधिवेशन चुनौती र अवसर दुवै रहेकाले भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजक र स्थानिय व्यवस्थापन टीमलाई सुझाए ।

महाधिवेशनबाट संगठनात्मक अराजकता अन्त्य गर्ने विश्वास मैले लिएको छु । महाधिवेशनले राजनीतिक सन्देश पनि दिनछ । विचार, संगठन र व्यवहारमा प्रेस चौतारी अग्रभागमा रहनेछ । गुरुङले भने – म प्रचार विभाग प्रमुख रहुन्जेल चौतारीसँग निकट रहेर पार्टीको प्रचारप्रसारको काममा सहकार्य हुनेछ । पार्टीको नेतृत्वमा भएका राम्रा कामहरुको चौतारीले प्रचारप्रसार गर्नुपर्नेछ ।

महाधिवेशन मूल व्यवस्थापन संयोजक गणेश पाण्डेले सबैको साथ र सहयोगले पोखरामा पहिलोपटक हुन लागेको महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास लिए ।