काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ।

गोली एसएलआर राइफलबाट चलेको बताइएको छ। त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैंलाई गोली हानेको जनाइएको छ। गोली लागेर ती भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

दूतावासको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको बताइएको छ। थप विवरण आउँन बाँकी छ।