काठ्माण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उप–सभापति डोल प्रसाद अर्याल चयन भएको छ । रास्पाको हिजो बसेको आकस्मिक बैठकले उप–सभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

पार्टीले शनिबारदेखि तय गरेका सबै कार्यक्रम समेत स्थगित भएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदे्श समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाएका छन् ।

पार्टी सभापति र पूर्व उप–प्रधानमन्त्री एंव गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उनको सांसद पद खारेज हुने फैसला गरेको थियो । सर्वोच्चको उक्त फैसलासँगै उनको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद समेत गुमेको छ ।