पोखरा ।

पोखरा महानगरपालिका अन्र्तगतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार ९आज० सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको छ । महानगरपालिका यातायात व्यवस्थापन समितिको आज बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उल्लेखित स्थानहरुको सडक क्षेत्रमा महानगरले पूर्ण रुपमा पार्किङ निषेध गरेको हुनाले तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ गर्न सम्पूर्ण सरोकारवाला निकायमाहरु पोखरा महानगरपालिकाले आग्रह गरेको छ । महानगरले सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएमा नियमानुसार हुने पनि जनाएको छ ।