पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सोमबार होली पर्व मनाएको छ । महासंघको कार्यालय परिसरमा आयोजना गरिएको रंग र उत्साहको पर्व फागु पूर्णिमा (होलि पर्व) को अवसरमा होली मिलन कार्यक्रमको आयोजना गरि एक आपसमा रङ लगाएर एवं संगितमा रम्दै मनाइएको हो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले होलीको शुभकामना व्यक्त गर्दै रंगको माध्यमबाट एक अर्कामा खुसि साटासाट गर्ने होली पर्वलाई मर्यादित र आपसमा मित्रता काएम गरेर मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु, सदस्यहरु, कास्कीका पत्रकारहरु एवं विभिन्न सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा होली पर्वलाई भाइचारा र मेलमिलापको रुपमा मनाउन जोड दिइएको थियो ।