पोखरा । क्षत्री समाज नेपाल प्रारम्भिक कार्य समिति पोखरा १६ ले एक दिने भाषण कला, नेतृत्व एवं क्षमता अभिबृद्दि तालिम सम्पन्न गरेको छ । क्षत्री समाज नेपाल पोखरा १६ का अध्यक्ष संन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षत्री समाज नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष बेनि बहादुर बस्नेत रहनु भएको थियो । भने विशेष अतिथि क्षत्री समाज नेपाल कास्की जिल्ला समिति उपाध्यक्ष चेत बहादुर कार्की रहनु भएको थियो ।
उहाँहरूले भाषण कला आफैमा महत्त्वपूर्ण बिषय भएको र अहिलेको परिस्थितिमा हरेक ब्यक्तिले निर्धक्क भएर बोल्न सके मात्र समाज र देशलाई परिवर्तन गर्न सकिन्छ जब हामी आफ्ना समस्या प्रस्तुत गर्न सक्दैनौ भने हामी कसरी अघि बढ्ने त्यसैले क्षत्री समाज पोखरा १६ ले आयोजना गरेको यो कार्यक्रम यहाँका बासीका लागि फलदायी हुनेमा बिस्वस्त रहेको बताउँनु भयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक पोखरा जेशिस बर्ष २०२३ का अध्यक्ष गणेश गिरी र पोखरा जेशिस मिडिया पर्सन भाईराजले सहज र सरल पद्धतिबाट प्रशिक्षण गराउनु भएको थियो । क्षत्री समाज नेपाल प्रारम्भिक कार्य समिति पोखरा १६ ले आफ्ना पोखरा १६ बासी क्षत्री क्षत्राणिहरुलाई कार्यक्रममा भाषण गर्न, आफैले कार्यक्रम संचालन गर्न एवं नेतृत्व गर्न सक्ने बनाउन, भाषण कला, नेतृत्व एवं क्षमता अभिबृद्दि तालिम कार्यक्रम आयोजना गरिएको क्षत्री समाज नेपाल पोखरा १६ का अध्यक्ष संन्दिप थापा जानकारी दिनु भयो ।
कार्यक्रममा बत्तिस जना प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन क्षत्री समाज नेपाल प्रारम्भिक कार्यसमिति पोखरा १६ का सचिव गोबिन्द बहादुर थापा ९राजेन्द्र० ले संचालन गर्नु भएको थियो ।








