पोखरा । वि।सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई लगाई छानेका छौं ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।

उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्तिहरु दुर्गा बराल वात्स्यायन, संगिता थापा ९सिद्धार्थ आर्ट ग्यालरी०, एन। बि। गुरङ्ग ९ अध्यक्ष,आई डब्लु , नेपाल०, छित्तेन शेर्पा ९देहि०, अमीर बम्जन भएका छन् ।

उत्कृष्ट पाँच कला क्रान्ति बर्ष पुरुषहरु किरण मानन्धर ९ मनका रेखाहरू०, लोक चित्रकार, आशा डंगोल ९ समानान्तर यात्रा ०, विक्रम शिशिर ९ नेपाल भारत मैत्री सन्देश ०, डिल्ली कृष्ण आले ९ धनकुटा ० भएका छन् ।
उत्कृष्ट पाँच कला क्रान्ति बर्ष नारीहरु रागिनि उपाध्याय ग्रेला ९अ रेष्ट्रोस्पेक्टिभ अफ एन आट्रिष्ट ०, एरिना ताम्राकार ९ समानान्तर यात्रा ०, संगी श्रेष्ठ ९स्पन्दन ०, शुसिला सिह ९मास्टर पिस० र कुन्ति शाह चन्द भएका छन् ।
उत्कृष्ट पाँच कला क्रान्ति बर्ष मूर्तिकारहरु लालकाजी लामा ९उपकुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान०, राजु पिठाकोटे, मन्जुल मितेरी , इन्दिरा श्रेष्ठ र दिनेश्वर महतो ९ मूर्तिकला विभाग प्रमुख,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान० भएका छन् ।
उत्कृष्ट पाँच कला क्रान्ति बर्ष कार्टुनिष्टहरु अविन श्रेष्ठ, रविन सायमी, बाशु क्षितिज, रवि मिश्र र अनुप गुरुङ भएका छन् ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका २५ जनाबाट ‘गुगल फारम’ बाट एक जना ललितकला डायमण्ड बर्ष ब्यक्ति २०७९ छान्न अनुरोध गर्दछौं ।
जेठ २९ गतेसम्म भोट गर्न पाईने छ ।