पोखरा । पोखरामा जुडो खेल संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद बिकास समितिले पोखरा महानगरपालिका खेलकुद बिकास ऐन २०७५ बमोजिम बुधबार जुडो खेल संघ गठन गरेको हो ।

सुरेन्द्र बरालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठनभएको छ । उपाध्यक्षमा रेवाती भण्डारी, सचीवमा मिलन बाबू सुनवार र कोषाध्यक्षमा शेर बहादुर आले चयन भएका छन । यस्तै सदस्यहरुमा अर्जुन लामिछाने, सुशील तिवारी, निर्मल न्यौपाने, दिपक अधिकारी र मनोज सुनार चयन भएका छन ।

गण्डकी जुडो संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष रुद्र नारायण मल्लले खेलकुदमा राजनीति घुस्नाले प्रगति हुन नसकेको गुनासो गर्नुभयो । उहाँले खेलकुदका कार्यक्रम निस्पक्ष रुपमा सञ्चालन गर्न सके शारीरिक, मानसिक रुपमा स्वस्थ हुने र आत्मरक्षाका लागि जुडो खेल ब्यवहारिक खेल भएको बताउनु भयो ।

प्रमुख अतिथि पोखरा महानगरपालिका खेलकुद बिकास समितिका सदस्य सचिब सुवास खड्काले समृद्धि पोखरा स्वस्थ नागरिक भन्ने नारालाई आत्मसात गर्दै पोखरा महानगरपालिका खेलकुद बिकास ऐन २०७५ बमोजिम खेलकुदका सबै गतिविधि चलायमान गर्न विभिन्न संग गठन गरेको बताउनु भयो । जस अन्तर्गत जुडो खेलको पनि संघ गठन गरिएको जानकारी दिनुभयो ।

संघ गठन गर्ने मात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई ब्यावसायिकता र खेलाडीलाई खेलमा रहिरहन प्रेरित गर्न जरुरी रहेको बताउनु भयो । कार्यसम्पादन गर्दा विभिन्न चुनौती आइपर्ने हुँदा ध्यान पुर्वक अगाडि बढ्न अनुरोध गर्नुभयो ।