विक्रम संवत २००९ सालदेखि नेपालमा कार्यरत आईएनएफ नेपाल यस वर्षको एल्स क्रोनेर फ्रेसेनियस अवार्ड फर डेभलप्मेण्ट कोअपरेसन इन मेडिसिन २०२३ (Else Kroner Fresenius Award for Development Cooperation in Medicine 2023) प्राप्त गर्न सफल भएको छ । जर्मनीमा अवस्थित इ.के.एफ.एस. नामक संस्थाले विश्वभरीका ३५ भन्दा बढी संघ संस्था मध्येबाट आईएनएफ नेपाललाई स्वास्थ्य क्षेत्रमा त्यसमा पनि विशेषगरेर कुष्ठरोगको उपचार तथा निराकरणमा विगत ७० वर्षभन्दा बढी समयदेखि अनवरत रुपमा पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्गन गर्दै सो प्रदान गरेको हो । उक्त पुरस्कार आईएनएफ नेपाल हरियोखर्क अस्पताल तथा पुर्नस्थापना केन्द्रका कर्मचारी दोरोथीदास परियार र थम बहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । पुरस्कारको राशि एक लाख यूरो रहेको छ ।

जर्मनीको राजधानी बर्लिनमा भर्खरै सम्पन्न समारोहमा पुरस्कार ग्रहणका लागि संस्थाको तर्पबाट कार्यकारी निर्देशक कृष्ण अधिकारी र मेडिकल सर्भिसेज डाइरेक्टर डा।कुमार बुढा पनि सरिक हुनुभएको थियो । पुरस्कार ग्रहण पश्चात् खुशी व्यक्त गर्दै कार्यकारी निर्देशकले यस सम्मानले आईएनएफलाई कुष्ठरोगको रोकथाम, शीघ्र पहिचान, उपचार तथा रोग न्यूनिकरणमा थप हौसला मिलेको उल्लेख गर्नुभयो । यसैरी नै मेडिकल सर्भिसेज डाइरेक्टरले प्राप्त पारितोषिक कुष्ठरोग संक्रमित तथा सम्भाव्य परिवारका नजिकका सदस्यको जाँचपड्ताल एवं रोगपहिचान गरी समयमै रोकथाम गर्न, अपाङ्गतावृद्धि हुन नदिन बिमारीहरूको स्वहेरचाहलाई अभिवृद्धि गर्न साथै कुष्ठरोग सम्बन्धमा संवेदनशिलता र सचेतना जगाई निको भएका बिमारीहरूलाई समाजमा सम्मानित जीवनयापन गर्नमा सदुपयोग गरीने सुस्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा जर्मन आर्थिक सहयोग तथा विकास संघीय मन्त्रालयका संसदीय राज्य सचिव माननीय डा बार्बेल कोप्mलर, जर्मनी स्थित नेपाली राजदूत महामहिम रामकाजी खड्का, इ।के।एफ।एस।र टेराटेकका बोर्ड पदाधिकारी तथा कर्मचारी, प्रा डा गीसेला ब्रिट्जेल, प्रा डा। भगवान् कोइराला साथै अन्य अन्तर्राष्ट्रिय तथा नेपाली लब्धप्रतिष्ठत व्यक्तित्वहरूको समेत समुपस्थिति थियो ।