पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आइपुगेका छन् । महासचिव गुटेरेस नेपाली सेनाको जहाजमार्फत पोखरा ओर्लिएका हुन् ।

 

पोखराको पुरानो विमानस्थलमा अवतरण पश्चात् महासचिव एन्टोनियो गुटेरेसको भव्य स्वागत गरिएको छ
गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका हुन् । रेड कार्पेट र नेपाली मौलिक बाजा, गीत बजाई उनलाई स्वागत गरिएको थियो ।उनी सिधै होटेलतर्फ प्रस्थान गरेका छन् । सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको थियो ।
त्यहाँ पुगेपछि स्थानीयसँग जनवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे कुरा गर्ने तालिका तय छ । महासचिव सोलुखुम्बुसमेत जाँदै छन् ।

विश्वका विभिन्न देशबीच आपसी मतभेदसँगै युद्ध भइरहेका बेला महासचिव गुटेर्रेसको नेपालको भ्रमणलाई महत्व दिएर आउनुलाई महत्वपूर्ण मान्नुपर्छ । संयुक्त राष्ट्रसंघका महासचिवस्तरकै नेपाल भ्रमण कमै हुने गर्दछ ।