पोखरा । पर्यटन व्यवसायी महिला संघ(टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
साधारणसभाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा मन्त्री अर्यालले सरकारको प्राथमिकतामा पर्यटन रहेको बताउँदै गण्डकी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन भएको बताउनुुभयो ।
पर्यटन व्यवसायलाई व्यवस्थित गर्दै अधिकतम पर्यटक ल्याउने तबरबाट लाग्नुु जरुरी रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै त्यसको उपयोग गर्नुुपर्ने धारणा राख्नुुभयो ।
महिला पर्यटन व्यवसायीलाई संगठित गर्दै टेवानले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले व्यवसायिक दक्षता अभिबृद्धि गर्ने किसिमका कार्यक्रममा जोड दिनुपर्ने बताउनुुभयो ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्राकृतिक सौन्दर्यताका कारण पोखराको पर्यटन विश्वमाझ परिचत भएको बताउँदै यसको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुुपर्ने बताउनुुभयो । पर्यटनको विकासले आर्थिक समृद्धिसँगै रोजगारी अभिबृद्धिमा महत्वपूर्ण टेवा पुुग्ने उहाँले बताउनुुभयो ।
टेवानका सल्लाहकार बोबरजंग गुरुङले पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
टेवानका अध्यक्ष कमला गिरीको अध्यक्षता एवम् महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रभा सुवेदीले गर्नुुभएको थियो ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सिना(पगेनी), जिल्ला अध्यक्ष बिमला भण्डारी, संगीता बराल लगायतले बोल्नुुभएको थियो ।
साधारणसभाले महासचिव अनिता खड्का भट्टराईले प्रस्तुत गर्नुुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गर्नुुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा टेवानका कार्यक्रममा सहयोग पुु¥याउनुुहुने कमलराज कोइराला, विभिन्न कार्यक्रममा संयोजकको जिम्मेवारी निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको थियो ।