चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने राम्रै भयो ।
१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् । फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनको माग निकै छ ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।

त्यस्तै उनी हाल क्यानडा पुगेर फर्कीएकी छन् । फर्किए लगत्तै उनले नयाँ कार खरिद गरेकी छन् । उनले ५० लाखमा टाटाको नेक्सन कार किनेकी छन् । उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् ।