विश्वसुन्दरी प्रतियोगितामा भाग लिएकी नेपालकी सुन्दरी नम्रता श्रेष्ठले हेड टु हेड च्यालेन्ज जितेर समुह १ बिजेता बनेको छिन् ।
१६ ओटा राउण्ड बनाएर परिचयात्मक प्रश्नोतर मा उत्कृष्ट उत्तर दिदैँ उनले समुह १ को विजेता बनेकी हुन् । अब उनले अन्य १६ सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्ने छिन् ।

समुह २ मा उनीहरुले आफूले बनाएको व्युटी विथ द प्रपोजको बारेमा प्रश्नोत्तर हुनेछ । उनले उक्त्त राउण्ड पनि जितिन् भनेर सिधै सेमिफाइनलमा पुग्ने छिन् । यस्तै १६ जना बिजेतामा भारत भने परेको छैन । भारतकी सुन्दरी हेड टु हेड च्यालेन्जबाट बाहिरिएकी छिन् ।