बलिउड अभिनेत्री कट्रिना कैफ आज (बिहीबार) विवाह बन्धनमा बाँधिदै छिन् ।

अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन् ।

तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन् ।

बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ ।

सुटिङ युरोपको रुस, टर्की र अष्ट्रियामा हुने बताइएको छ ।

सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा जब्बरजस्त एक्सन रहेको बताइएको छ ।