काठमाडौं । फिल्म ‘झिँगेदाउ २’ ले प्रदर्शनको दशौं दिन आइतबारसम्म देशब्यापी १ करोड ३४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिसम्म यो फिल्मलाई ४३ हजार ७८६ जना दर्शकले हेरेका छन् ।
‘बेहुली’को कमाइ २ करोड ९६ लाख रुपैयाँ ग्रस छ । यसलाई १ लाख ५ हजार जना दर्शकले हेरेका छन् ।
‘पार्वती’को कमाइ २ करोड २८ लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यसलाई ८१ हजार जनाले हेरेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३५ हजार जना दर्शकले हेरेका छन् ।
‘कार्की साइँला’ले ५ लाख ७८ हजार रुपैयाँ ग्रस कमाएको छ । यसलाई १६९६ जना दर्शकले हेरेका छन् ।
‘माया बस्छ कि के हो’ले आइतबारसम्म २३ हजार ६६० रुपैयाँ ग्र्रस कमाएको छ । यसलाई ९२ जनाले हेरेका छन् ।
‘पेन्सन पट्टा’ले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई २ लाख ४४ हजार जनाले हेरेका छन् ।
‘गौंथली’ले २५ करोड ९५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ९ लाख ४१ हजार जनाले हेरेका छन् ।












