काठ्माण्डौं । नेपाल जुडो संघको आयोजनामा १८ औं राष्ट्रिय जुडो प्रतियोगिता हिजोदेखि सुरु भएको छ । मित्र राष्ट्र चीनको हाङझावमा हुने “१९ औं एसियन खेल हाङझाव २०२२” का लागि खेलाडीको प्रारम्भिक छनोट गर्न यस जुडो प्रतियोगिता सुरु भएको हो ।

काठ्माण्डौंको नयाँबजार स्थित एमएमएसी हलमा प्रतियोगिता सञ्चालन भईरहेको छ । हिजो पहिलो दिन विभिन्न वेयट क्याटगोरीमा पुरुष तथा महिला गरी ७ प्रतिस्पर्धामा स्वर्णको टुंगो लाग्दा एकै परिवारका ३ सदस्यले पदक जित्न सफल भएका छन् । दाजु इन्द्र बहादुर श्रेष्ठ, बहिनीहरु देवकी माया श्रेष्ठ र निशा श्रेष्ठले यस प्रारम्भीक छनोट खेलमा स्वर्ण जित्न सफल भएका हुन् ।

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र राखेपका सदस्य अन्जन धमला लगायतले एक कार्यक्रमकाबीच पुरस्कृत गरेका छन् । त्यस्तै अन्तिम प्रतियोगितामा आज ७ प्रतिस्पर्धाको फाइनल हुनेछ ।

तस्बीर:राखेपको फेसबुक पेजबाट