पोखरा । राइट टु राइज भन्दै जोन्टा क्लब पोखराले ¥याली सम्पन्न गरेको छ । १६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा पोखराका स्कुल एवम् कलेजमा अध्ययनरत विद्यार्थी सँगै प्रतिष्ठित महिला दिदीबहिनीहरुको सहभागिता रहेको अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो ।


उहाँका अनुसार यो वर्ष जोन्टा क्लबले नेपाल प्रहरीसँग मिलेर विभिन्न स्कुल कलेजहरुमा साइबर बुलिङको विषयमा परामर्श गरेको छ ।
कार्यक्रम गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कालिका बहुमुखी क्याम्पस, एनटीएचएमसी कलेज, हिमाल कलेज, लेकसिटी कलेज, पश्चिमाञ्चल स्कुल, गुरुकुल स्कुलमा साइबर बुलिङको परामर्श कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।