पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन वृहत वाल प्रतिभा पहिचान महोत्सव विद्यार्थीका लागि सिकाइ केन्द्र बनेको छ ।
एन प्याव्सन कास्कीले शुक्रबार देखि शुरु गरेको महोत्वस विद्यार्थीलाई प्रतिभा प्रस्फुटन गर्ने मौका सहित सिक्ने अवसर पनि मिलेको छ ।
११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन् ।
महोत्सवमा केहि विद्यार्थी पुरानो संस्कृतिलाई पछ्याउदै परालबाट गुन्द्री वन्ने चोयाबाट डोको, कोर्को, पातबाट टपरी दुना वुन्नमा नै व्यस्थ देखिन्थ्य त केहि विद्यार्थी आविस्कार, लोक नृत्य, कविता वाचन चित्रकाल तिर नै व्यस्थ रहेका थिए ।
सहभागित विद्यार्थी आफ्नो प्रतिभा देखाउदै गर्दा महोत्सव अवलोकन गर्न आएका विद्यार्थीलाई केहि सिक्ने र जान्ने अवसर मिलेको छ ।
विद्यार्थीलाई महोत्सवमा सहभागिता जनाउनका लागि हरेक विद्यालयले पूर्व तयारीका लागि लामो समय देखि विद्यालयमा विद्यार्थीका प्रतिभा पहिचानका लागि कार्यक्रमहरु गर्दै आएका थिए ।
हरेका विद्यार्थीमा केहि न केहि क्षमता हुने भएकोले विद्यार्थीका ति क्षमतालाई उजागर गर्र्न यस पटक फरक ढंगले कार्यक्रम आयोजना गरेको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
‘पुरान संस्कृति देखि लिएर आविस्कार सम्म विद्यार्थीे आफैले वनाएर यो महोत्सवमा प्रदर्शन गरेका छन्’ अध्यक्ष अधिकारीले भने, ‘ विद्यार्थी पढाइको अलवा सिकाइको क्षेत्रमा मा नि अब्बल छन् भन्ने यो महोत्सवले सन्देश दिएको छ ।’
महोत्सव अवलोक गर्न आएका गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेशका कुलपति सूर्य खड्का विखर्चीले भाषा संस्कृतिको जर्गेना गर्ने काम एन प्याव्सन कास्कीले गरेको उल्लेख गर्नुभयो ।
महोत्सवमा विभिन्न विधामा १ हजार ६ जना विद्यार्थी प्रतियोगितामा सहभागिता जनाएको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, आविस्कार, अपसाइक्लिङ÷रिसाइक्लिङ, कम्युटर टाइपिङ, पात, पराल छ्वाली, चोयाबाट वनेका सामाग्री बनाउने प्रतियोगिता रहेका छ ।
एन प्याव्सनले एक वर्ष खेलकुद महोत्सव र एक वर्ष शैक्षिक मेला गर्दै आएकोमा यस पटक शैक्षिक मेलालाई परिमार्जित गरेर वाल प्रतिभा पहिचान महोत्सव आयोजना गरेको हो ।
प्रदर्शनीमा नेसनल प्याब्सान कास्की अन्तर्गतका ४७ वटै विद्यालयहरुको सहभागीता रहने तथा करीब एक लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान रहेको छ । कार्यक्रमम सम्पन्न गर्नका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव आईतबार समापन हुने छ ।