चीनको उत्तर पश्चिम निन्जिया क्षेत्रको बारबिक्यु रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । बुधबार राति भएको घटनामा ठूलो जनधनको क्षति भएपछि चीनिया राष्ट्रपति सी जिङपिङले कडा सुरक्षा जाँचको आदेश दिनुभएको चीनिया समाचार एजेन्सी सिन्वाले जनाएको छ ।

निङ्जिया क्षेत्रको राजधानी यिनचुआनमा रहेको रेस्टुरेन्टमा लिक्विफाइड पेट्रोलियम ग्यास ट्याङ्की चुहिएर विस्फोट भएको जनाएको छ । विष्फोटमा परी घाइते भएका सात जनाको उपचार भइरहेको छ ।

घाइतेहरु जलेको तथा फुटेका सिसाका कारण चोट लागेको बताइएको छ । घाइतेहरुको उपचारको उचित व्यवस्थापन गर्न चीनिया राष्ट्रपति सीले निर्देशन दिनुभएको छ ।