काठ्माण्डौं । फिफा विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज उक्त टोलीको घोषणा भएको जनाएको हो । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेको र उनीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाइएको एन्फाले जनाएको छ ।

प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अनिष देउजा, दीप कार्की, अभिषेक बराल रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सीमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अञ्जन राई छन् ।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् । यस्तै, फरवार्डमा आयूष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन् । खेलाडीहरुको बन्द प्रशिक्षण अगष्ट १ तारिकबाट शुरु हुने एन्फाले जनाएको छ । नेपालले सन् २०२६ को विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछ ।