पोखरा । डिभिजन वन कार्यालय कास्कीले “उत्पादन रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन” भन्ने मूल नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस – २०८० मनाइएको छ ।

आज दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम पनि गरेको छ । ९० वटा डाले घास प्रजातिको बिरुवा राईखनी र १० वटा लप्सी को बिरुवा जयकोट सामुदायिक वनमा रोपेको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय कास्कीको आयोजना र जयकोट सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्षारोण गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको हो।

जयकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष क्षेत्र बहादुर कार्कीले सामुदायिक वनको संरक्षण र सम्बर्द्धनका लागि सामुदायिक वन उपभोक्ताको ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रमुख बरालका अनुसार कास्कीमा २१ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन फैलिएको छ । ५११ वटा सामुदयिक वनको ४७ हजार ३ सय ३८ लाभान्वित घरधुरि सख्या रहेका छन।

यस्तै सामुदायिक वन बाहेक धार्मिक वन ११।२ हेक्टर र निजी वन २४।४५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । धार्मिक वन ५ वटा र निजी वन ४० वटा छन् ।

हाल देशभर १७ लाख ९८ हजार ७३३ हेक्टर क्षेत्रफलमा १८ हजार ९६० सामुदायिक वन रहेका छन्।

नेपालमा पहिलो सामुदायिक वन सिन्धुपालचोकको ठोगर्व गाउँपञ्चातमा साउन २५ मा हस्तान्तरण गरेको दिनलाई सम्झेर वि।सं। २०७० देखि सामुदायिक वन राष्ट्रिय दिवस मनाउन सुरु भएको हो ।