राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वैशाख २६ देखि सुरु भई जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा केहीबेरअघि सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । कक्षा १२ को नतिजा परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।