३ पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार विहान प्रधानमन्त्री ओली र देउवाबीच भेट भएको हो।
समसामयिक विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।








