पुस,काठमाडौं । नेपाली चलचित्र ‘आमा’ को आज ट्रेलर सार्वजनिक गरिएको छ ।

मिथिला शर्मा चलचित्रको शिर्ष भूमिकामा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्तले काम गरेकी छिन् । चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, पदम प्रसाद पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा दिपेन्द्र के खनालको छायांकन, लेखन र निर्देशन छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् । दिर्घ खड्काको सम्पादन, सुवाष भुषालको संगीत रहेको यो चलचित्रलाई डीएस डीजीटलको ब्यानरमा निर्माण गरिएको हो ।