३ पुस,काठमाडौं ।  नागरिकता संशोधन कानूनको विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

राजधानी दिल्ली, उत्तर प्रदेश तथा कर्नाटकका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले निशेधाज्ञा (चारजना भन्दा बढी भेला हुन नपाउने व्यवस्था) लगाएको छ ।

कर्फ्यूका बाबजदु दिल्लीमा ठूलो संख्यामा प्रदर्शन भइरहेको छ । प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादवसहितलाई पक्राउ गरेको छ ।

दिल्लीका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । यस्तै टेलिफोन सेवामा पनि अवरोध आएको छ । एयरटेलले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको बताएको छ ।