नेपाली चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । आज काठमाडौंमा कार्यक्रम आयोजना गरेर ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

कालीप्रसाद बास्कोटा र मेलिना राईको स्वर रहेको गीतमा शब्द डीपी खनालको छ । संगीत शंकर थापाले भरेका छन् । 

गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जली अधिकारी, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ लगायत कलाकार फिचर्ड छन् । 

फागुन ९ गतेका लागि रिलिज डेट लिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।