४ पुस, काठमाडौं । नयाँ शक्ति पार्टिका सयोजक बाबुराम भट्टराईले हिसिला यमिलाई राष्ट्रियसभामा लान खोजेको भन्ने समाचार घोर आपत्तिजनक भएकाे बताएका छन ।
सामाजीक संजालमा लेख्दै भट्टराईले ‘बाबुराम पत्नी’हिसिला यमिलाई राष्ट्रियसभामा लान खोजेको भन्ने सतप्रतिसत झुटको खेती गर्नु घोर आपत्तिजनक भएकाे बताएका छन ।
‘मिडियाकाे काम वास्तविक समाचार सम्प्रेषण गर्नु हाे काल्पनिक समाचार आविष्कार गर्ने र भ्रम हाेइन’ उनले लेखेका छन ।
एक राष्टिय दैनिकमा “समाजवादीलाइ दुवैतिर धाेका” शिर्षकमा लेखिएकाे समाचार प्रति उनले मिडियाले सतप्रतिसत झुटको खेती गर्नु घोर आपत्तिजनक रहेकाे बताएका छन ।
उनले हिसिला यमि संविधानसभाको प्रत्यक्ष निर्वाचन जित्ने थोरै महिलामध्ये पर्ने बताएका छन ।
उनलाइ चाेर बाटाेबाट राष्ट्रियसभामा लैजाने पार्टिकाे साेच नभएकाे भट्टराइले बताएका छन ।








