४ पुस, काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्य स्थिर रहेकाे छ ।
बिहीबार तोलामा ७१ हजार ६ सय मा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार पनि ७१ हजार ६ सय मूल्यमा नै कारोबार भएको छ ।
यस्तै, बिहीबार तेजावी सुन तोलामा ७१ हजार ३ सय मा कारोबार भएकोमा शुक्रबार पनि साेही मुल्य ७१ हजार ३ सयमा नै काराेबार भइरहेकाे छ ।
चाँदी आज शुक्रबार तोलामा ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बिहीबार चाँदी ताेलाकाे ८ सय ५० नै रहेकाे थियाे ।








